२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए

अ+ अ-

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् ।

पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् । त्यस्तै दोस्रो दिन जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकीमा भएको शिविरमा २२ महिलाले सेवा लिएका छन् ।

कैलालीको टीकापुरमा गत वर्ष ७१ महिलाले मिनील्याप सेवा लिएका थिए । यस वर्ष सङ्ख्या घटेको छ । नगरपालिकाले गाउँगाउँमा अस्थायी बन्ध्याकरण सेवा दिन थालेकाले पनि स्थायी बन्ध्याकरण गर्ने कम भएको हुनसक्ने बताइएको छ ।

बन्ध्याकरण शिविरमा डा. स्मृति रावलको टोलीले सेवा दिइरहेको नेपाल परिवार नियोजन सङ्घ कैलालीका शाखा प्रबन्धक चेतराज फुलाराले जानकारी दिए । टीकापुरबाट शुरु गरिएको बन्ध्याकरण शिविर मङ्गलबार दुर्गौली स्वास्थ्यचौकीमा सञ्चालन भएको नेपाल परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईँले जानकारी दिए । शिविर स्वास्थ्य कार्यालय कैलालीको आयोजना र नेपाल परिवार नियोजन सङ्घ कैलालीको सहकार्यमा सञ्चालन भएको हो ।

यस वर्ष स्वास्थ्य कार्यालयले टीकापुरबाट शुरु गरेर जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकी, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, चुहा स्वास्थ्य चौकी, दोधरा स्वास्थ्यचौकी, साडेपानी स्वास्थ्यचौकी, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, हसुलिया स्वास्थ्यचौकी र मालाखेती अस्पतालमा सञ्चालन गरिने भएको छ । सोमबार टीकापुरबाट शुरु भएको बन्ध्याकरण शिविर फागुन २८ गतेसम्म चल्नेछ ।

गत वर्ष कैलाली जिल्लामा दुई पुरुषसहित २१४ जनाले बन्ध्याकरण सेवा लिएका थिए । कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषको सङ्ख्या निकै कम छ । ‘यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण बन्ध्याकरण शिविर सञ्चालनमा समेत ढिलाइ भयो’, नेपाल परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईँले भने, ‘लामो अवधिको अस्थायी साधन प्रयोग गर्ने महिला बढेकाले स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्यामा पनि कमी आउँदै गएको छ । पहिला लामो अवधिको अस्थायी साधनको पर्याप्तता थिएन । गाउँमै स्वास्थ्य संस्था पुगेपछि महिलाले इम्प्लान्टलगायतका सेवा पाएका छन् ।’

परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईँका अनुसार पुरुषले बन्ध्याकरण गर्न चाहँदैनन् अर्थात् परिवार व्यवस्थापनमा पुरुषको तुलनामा महिलाको चासो बढी छ ।