२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेमालमा एकलौटी सडक उपभोक्ता समिति गठन

अ+ अ-

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह तामाङमाथि एकलौटीरूपमा सडक उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको छ ।

तेमाल गाउँपालिकास्थित बोहोरेदोभान–ठूलोपर्सेल–तित्रीटार सडक मर्मत तथा स्तरोन्नतिका लागि अध्यक्ष तामाङले एउटै वडाका आफन्तसहितलाई राखी उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको हो ।

पाँचवटै वडाका स्थानीयवासी राखेर उपभोक्ता समिति गठन गर्नुपर्नेमा अध्यक्ष तामाङले वडा नं ६ का आफन्त राखेर एकलौटीरूपमा उपभोक्ता समिति गठन गरेको स्थानीयवासीले आरोप लगाएका हुन् ।

८० लाख विनियोजित बजेट रहेको उक्त सडक उपभोक्ता समितिमा अध्यक्षले नाताका भाइ मनिल तामाङलाई अध्यक्ष र भतिजा नीरबहादुर तामाङलाई सचिव बनाएको समेत आरोप लगाइएको छ । गठित समितिमा वडा नं ६ का व्यक्तिमात्रै रहेको जनाइएको छ ।

उक्त बजेटबाट हाल मर्मत गर्नुपर्ने सडक ३५ किलोमिटर लम्बाइको छ । स्थानीयवासीले हरिशरण भण्डारीको संयोजकत्वमा यही फागन १५ गते सडक संघर्ष समिति गठन गरी एकलौटी उपभोक्ता समिति गठनका विरुद्धमा उत्रिएका हुन् ।

समितिद्वारा मङ्गलबार बनेपामा पत्रकार सम्मलेन गरी सडकबाट लाभान्वित सबै वडाको प्रतिनिधित्व गराई भेलामार्फत उपभोक्ता समिति पुनःगठन गर्न माग गरे । ‘उपभोक्ता समितिबारे गाउँपालिकाका अध्यक्षसँग बुझ्न जाँदा समितिको फाइल मसँग छ, तपाईँहरुलाई किन चाहियो, जे गर्न सक्नुहुन्छ गर्नुस् भनेर धम्कीपूर्ण भाषा प्रयोग गरे’, सङ्घर्ष समितिका संयोजक भण्डारीले सञ्चारकर्मीसँग भने ।

भण्डारीका अनुसार सडकबाट लाभान्वित सबै वडाको प्रतिनिधित्व गराई नीति–विधिसम्मत उपभोक्ता समिति पुनःगठन गर्न माग गर्दै वडा नं १ का अध्यक्ष मानबहादुर श्रेष्ठले स्थानीय न्यायिक समितिलाई लेखिएको निवेदनसमेत गाउँपालिका अध्यक्षले दर्ता नगर्न आदेश दिएका थिए ।

सङ्घर्ष समितिद्वारा सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा सर्वपक्षीय भेलामार्फत उपभोक्ता समिति गठन नगरी अध्यक्षद्वारा एकलौटीरूपमा गठित समितिले सडकको काम शुरु गरे त्यसविरुद्ध हुन जाने अप्रिय घटनाको जिम्मेवार स्वयं गाउँपालिकाले नै लिनुपर्ने उल्लेख गरिएको छ ।

गाउँपालिकाद्वारा उक्त सडकका लागि विनियोजित रु एक करोड बजेटबाट वडा नं २ स्थित अर्को योजनामा रु २० लाख राखेर वडा नं ३ का बासिन्दाको उपभोक्ता समिति गठन गरेकोसमेत सम्मेलनमा जानकारी गराइयो । वडा नं २ को याङ्वेलखोला पहिरो व्यवस्थापन गर्न वडा नं ३ का अध्यक्ष विष्णु तामाङले आफ्नो वडाका व्यक्ति राखेर उपभोक्ता समिति बनाएको स्थानीय साइला तामाङले बताए ।

गाउँपालिका अध्यक्ष तामाङले आफुले भेला गराएरै उपभोक्ता समिति गठन गरिएको दावी गरे । स्थानीयवासीले लगाएको आरोपझैँ आफन्तलाई समितिमा समेत नराखिएको उनले जिकिर गरे । उनले भने ‘कसैले आरोप लाएर हुन्न, मैले कसलाई के के चाहिने हो तपाईँ मिलाएर आउनुस् भनेको मात्रै हुँ, धम्क्याएको छैन ।’ उनले वडा नं २ को योजनाका लागि वडा नं ३ का व्यक्ति राखेर समिति बनाएको भए आफुले बुझ्ने बताए ।