२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

अ+ अ-

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

फागुन ४ गते पक्राउ परेका दिनेशमाथि अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले भने, ‘नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सकेर अदालत बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले सोहीअनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।’ उनका अनुसार एक दुई दिनभित्रै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ ।

प्राविधिक परीक्षण गर्नुपर्ने वस्तु प्रयोगशालामा पठाइएको र परीक्षण रिपोर्ट आएपछि प्रतिवेदन तयार हुन्छ । दिनेशमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन पटक पाँच/पाँच दिनको म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका दिनेशले आफूले नै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरी सकेका छन् । दिनेशमाथि कर्तव्य ज्यान मुद्दा र जबरजस्तीकरणी विरुद्धको मुद्दा दर्ता भइसकेको छ ।