२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा पहिरो

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्सेमा ७९.७४ बिन्दुले घटेर दुई हजार ४७४.३९ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.५३ बिन्दुले घटेर ४४७.२९ मा ओर्लेको छ । आज नेप्से तीन प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । कूल २०७ कम्पनीको एक करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ मूल्यमा खरीद बिक्री भए ।

लगातार बजार ओरालो लाग्दा कूल बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । झण्डै एक सातामा दुई खर्ब बढीले बजार पूँजीकरण ओर्लिएको छ । नेप्सेको आजको विवरणअनुसार कूल बजार पूँजीकरण ३४ खर्ब ९ अर्ब २५ करोड ६८ लाख १० हजार बराबर पुगेको छ ।

नेप्सेले आजदेखि १३ उपसमूह कायम गरेर कारोवार गरेको छ । तीमध्ये आज होटल एण्ड टुरिज्म उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल एण्ड टुरिज्ममा ११.०८ विन्दुले उकालो लाग्दा बैंकिङ ५४.५७, व्यापार ११.२२, विकास बैंक ७५.५१, जलविद्युत् ६७.१५, वित्त २९.७४, निर्जीवन बीमा १७८.१, उत्पादन १९८.२, अन्य ८१.३५, लघुवित्त १४१.२९, जीवन बीमा ६२४.८, सामूहिक लगानी कोष ०.२४ र इन्भेस्टमेन्ट ४.१३ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब दुई करोड १६ लाख ३२ हजार ८२४ बराबरको कारोवार भयो । यस्तै, पूर्वाधार बैंक ६३ करोड ४९ लाख ५५ हजार ४६०, ग्लोबल आइएमई बैंक ३४ करोड ७५ हजार २४५, नेपाल पुनरबीमा कम्पनी २८ करोड ६१ लाख ३९ हजार ७९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २५ करोड ७२ लाख ७१ हजार १७४, एनआइसी एशिया बैंक २४ करोड ६० लाख नौ हजार ५४५, नबिल बैंक २२ करोड ९४ लाख ५८ हजार ६६६, नेपाल बैंक २२ करोड ८५ लाख ७४ हजार ६३९, नेको इन्स्योरेन्स २२ करोड ६९ लाख ९४ हजार ३०२ र प्रभु बैंक १९ करोड ८१ लाख ९४ हजार ७५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । यस्तै सिटिजन म्युचुअल फण्ड २.८४, शिखर इन्स्योरेन्स २.८०, एनआइसी एशिया डिवेञ्चर १.७१, एनआइसी एशिया विडेञ्चर २०८१/८२ का लगानीकर्ताले १.५० प्रतिशतले आर्जन गर्दा एनएलजी इन्स्योरेन्स ०.९९ र प्रभु बैंकको डिवेञ्चरमा लगानी गर्नेले ०.९५ प्रतिशतले कमाए ।

त्यस्तै, गणपति माइक्रोफाइनान्स ७, नेपाल फाइनान्स ६.७४, पूर्वाधार बैंक ६.४५, नेपाल हाइड्रो डेभलपर ६.१३, अपि पावर कम्पनी ६.११, बरुण हाइड्रोपावर ५.९६, लिवर्टी इनर्जी ५.९३, रिडी हाइड्रोपावर ५.८८, नेशनल हाइड्रोपावर ५.७० र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले ५.६७ प्रतिशतले गुमाएका छन् ।
–––