२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कागजको ऐना हेरे जस्तो महसुस भयो’

अ+ अ-

काठमाडौं । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ । अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हाँस्छन् । उनीभन्दा उमेरले केही पाको मदनकृष्ण श्रेष्ठको हाउभाउ पनि उस्तै । उनका कुरैपिच्छे हाँसोका पेटारा भरिएका हुन्छन् । हाँस्यव्यङ्ग्य क्षेत्रमा कहलिएको ‘महजोडी’ले प्रत्यक्ष र फिल्मी पर्दामा व्यङ्ग्य गर्दै सामाजिक चेत उजिल्याउँदै आएको छ ।

त्यही जोडीले बिहीबार भने ध्यानमा बसेझैँ मग्न देखिने प्रयास गर्यो । दर्शकको धैयता चाँडै टुट्यो । बेलाबेलाका ठट्यौली बान्कीले दर्शक र चित्रकारका मुहारमा मुसुमुसु हाँसो छुटिरहेको थियो । मौनताको अन्यौल चिर्दै थिए रङ र कुचीसहितका क्यानभास । अरुको हाउभाउ र भावभङ्गीलाई पर्दामा जीवन्त उतार्न पोख्त उक्त जोडीका रेशारेशा केलाउन चित्रकारत्रय कृष्णगोपाल श्रेष्ठ, आशुराम खाइजु र डिराम पाल्पाली खटिएका थिए । पाल्पालीले कलाकार हरिवंश तथा खाइजुर र श्रेष्ठले मदनकृष्णका मुहारलाई क्यान्भासमा पोते ।

चित्रकारितामा कठिन विधा मानिने मुहार चित्र हो । यसमाथि चर्चा कमाएका व्यक्तिको रङ्गीन सन्सारमा उस्तै रङ भर्न कलाकारलाई थप चुनौती थियो । सधैँ हाँसोले भरिने अनुहारका चित्र बनाउने कलाकारका मनमा पनि हँसिलो भाव छाइरहेको थियो । यसैले मौनताको त्यो पललाई कैद गर्न हम्मेहम्मे परिरहेको थियो ।

बिहीबार पर्दा बाहिर आएको उक्त जोडीलाई कलाकारले क्यान्भासमा प्रवेश गराए , प्रत्यक्ष हेरेर कुचीले पोते । उनीहरुको अनुहारलाई कलाकारले दुरुस्त बनाएर टाँसे । कलाकार मदनकृष्णका मुहार चित्र टाँस्दै गरेका चित्रकार कृष्णगोपाल सामुन्ने बसेर चित्र उतार्दा नवरसलाई ख्याल गरिएन भने चित्र बोल्दैन भन्नुहुन्छ । उनले मदनकृष्णको जीवन्त मुहार उतार्न दिनभर नै कसरत गरे । चित्रकारले कुची चलाउँदै गर्दा मदनकृष्णले हालसालकै चर्चित गीत गुनगुनाउन भ्याए ।

फुलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको
कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भो

गीत सुनेर कुची चलाउँदै गरेका चित्रकार एकाग्र भए । उपस्थित दर्शकको ध्यानाकर्षित भयो । एकैछिनमा फेरि चित्रकारले क्यान्भासमा एक्रेलिक रङ भर्न थाले । चित्रकारिताको सिद्धान्तले भन्छ ‘कलाकारले बनाएको चित्र बोल्नुपर्छ ।’ अझ सेलिब्रेटीका चित्र बनाउन कलाकार झनै सफल हुनुपर्छ । चित्रकार कृष्णगोपाल भन्नुहुन्छ, ‘पोट्रेट कोर्दा आँखाको भावलाई ध्यान दिनुपर्छ, हामी हाँस्दा आँखा पनि हाँसिरहेको हुन्छ, त्यसलाई उतार्न सकिएन भने मुहार झल्किँदैन ।’

मान्छे कोही शान्त हुन्छ र कोही चलायमान हुन्छ । स्वभावतः मदनकृष्ण शीतल छन् । हरिवंशको स्वभाव चुलबुले छ । त्यही स्वभाव क्यान्भासमा ल्याउनुपर्छ । फोटो हेरेर बनाउन जति सजिलो हुन्छ प्रत्यक्ष बनाउन त्यति नै कठिन हुन्छ । चित्रकार श्रेष्ठ थप्छन्, ‘कुनै पनि वस्तुमा प्रकाश छिरेर प्रभाव पर्छ, कति भाग उठेको छ, कति गहिराइ छ, त्यहीअनुसार रङ भर्दै जानुपर्छ ।’

चित्रकारले रङ भर्दै गर्दा कलाकार मदनकृष्णलाई आफ्नो अनुहार क्यान्भासमा टाढाबाट हेरेर चित्त बुझेन । नजिकै गएर क्यान्भार औँल्याउँदै सोधे, ‘मेरो अनुहारसँग मिल्छ ?’ ‘मिलेको छैन र?’, चित्रकारको प्रतिप्रश्नमा श्रेष्ठले मुस्कुराएर मुन्टो हल्लाए । उनले झण्डै एक घण्टा बसेर कलाकारलाई साथ दिए । स्वास्थ्य अवस्था कारण सावधानीका साथ देखिनुभएका मदनकृष्णले भने, ‘मुहार चित्र क्यान्भासमा देख्दा कागजको ऐना हेरे जस्तो महसुस भयो ।’

चित्रकार डिराम पाल्पाली कलाकार हरिवंशलाई क्याम्भासमा उतार्दै थिए । ‘देखे सुनेकै व्यक्तिको चित्र त मानसपटलमा बसेको हुन्छ, त्यसैले सेलिब्रेटीको मुहार ल्याउन अन्यभन्दा चुनौती हुन्छ, अहिले त्यही महसुस गरिरहेको छु’, उनले भने । देखिरहेकोभन्दा अझै बढी अन्तक्रिया गर्न सक्यो भने मात्रै त्यो कलाकार सफल हुन्छ ।

बिहीबार चुलबुले स्वभावका हरिवंश एकाग्र भएर बस्न सकेनन् । अन्तर्वार्ता, सेल्फी तथा फोटोसेसनमा उनी व्यस्त थिए । त्यसबीच पाल्पालीले मुहार चित्र कोर्न सफल भए । उनले पूरा रङ भर्न भने नभ्याएको बताए । कलाकार हरिवंश भन्छन् । ‘म कुनै क्यारेक्टर ल्याउन त्यसको धेरै अध्ययन गर्छु त्यो मान्छेको क्यारेक्टर बुझ्छु, त्यसपछि क्यामरामा उतार्छु तर चित्रकारले गहिराइमा पुगेर एकै बसाइमा क्यारेक्टर निकाल्दिनुभयो, त्यो मेरा लागि प्रेरणा बन्यो ।’ उनले बुझेअनुसार आर्ट भनेको मान्छेको आँखा हो । एक्सप्रेसन आँखामा नै निहित हुन्छ । मानिस जे गरिरहेको हुन्छ आँखाले बोलिरहेको हुन्छ । उनले आफ्नो विगतको अनुभव सुनाउँदै ठट्यौली पारामा भने, ‘एक दिन मैले गाई बनाउन बसेको कुकुर बन्न पुग्यो ।’ चित्रकारिताको संवेदनशीलतालाई उनले उत्तिनै ठूलै महत्व राख्छ ।

मुहारमा उत्रेको हाँसो खुशी तथा रोदन अनि प्रकृतिले खिचिदिएका अनेक रेशा पनि रङबाट भर्नुपर्छ । कलाकारसामु बसेका हरिवंशका आँख हाँसिरहेझैँ लाग्थे । अनि मदनकृष्णका उमेरले दिएको चाउरीपना उमेरसँगै मुस्कुराइरहेझैँ थियो । सेलिब्रेटीका मुहारका अनेक भावभङ्गीबीच प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कागजमा दृष्य कोर्नु सामान्य होइन ।

स्वयं वस्तु, प्रकाश र छायासँग खेलेर कलाकारले मुहार आकृति बनाउँछन् । कलाकार पाल्पालीले क्यान्भारमा नमिलेका मुहारका बान्की मिलाउन निकै मिहेनत र समय खर्चिए । बीचबीचमा आउने अन्तर्वार्ता र सेल्फीले उनको एकाग्रता भङ्ग भएकाले बिहीबार मुहार चित्रले पूर्णता पाउन सकेन भन्छन् उनी ।

चित्रकलाका विधामध्ये पोट्रेट चुनौतीपूर्ण विधा हो । दृष्यमा यताउता भए पनि त्यसले फरक पार्दैन । रङ मिलेपछि स्वीकार्य हुन्छ । चित्रकार पाल्पाली भन्छन्, ‘मुहार चित्रमा क्यारेक्टर आउनुपर्छ ।’ नेपालमा मुहार चित्र कोर्ने माहोल छैन । एउटै विधा समाउने कलाकार पनि छैनन् । दृष्यचित्र बढी प्रचलनमा छ । धेरैका रुचि पनि त्यसैमा छ । मागअनुसार उनीहरुले नै मुहार चित्र बनाउने गरेका छन् । पोट्रेट बनाउन जान्नेलाई सक्षम कलाकार मानिन्छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्छन्, ‘अझै लाइभ बनाउन सक्यो भने ऊ विश्वमा बिक्छ । उसले हरेक चुनौती स्वीकार्न सक्छ ।’

मुहार चित्रमा एकाग्रताको जरुरत पर्छ । आर्टमा राम्रै दख्खल चाहिन्छ । रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्छ । यसमा पश्चिमा कलाकारमा राम्रो दख्खल छ । ठ्याक्कै‘‘क्यारेक्टर’ झल्केन भने मुहार चित्र हुन्न । जीवन्त चित्र बनाउन सकिएन भने मुहार चित्रको महत्व रहँदैन । त्यसमाथि लाइभ बनाउनु अर्को चुनौती हो ।

मङ्गलबारदेखि शुरु भएको मुहारचित्र कार्यशालामा महजोडीसहित नायिका मनिषा कोइराला, पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, गायिका आनी छोइङ डोल्मा, व्यवसायी प्रदीपकुमार श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, प्रतिष्ठानका कुलपति कर्माचार्यसहित पृथ्वीबहादुर पाण्डे, भद्रकुमारी घलेलगायत १२ व्यक्तित्वका मुहार चित्र बनाइने कार्यक्रम संयोजक सुष्माराज राजभण्डारीले जानकारी दिए ।