प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक


१२ फाल्गुन २०७७, बुधबार


काठमाडौँ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।

आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

यसअघि प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।

सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस