प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश


९ फाल्गुन २०७७, आइतबार


विराटनगर । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव दाहाल-नेपाल समुहका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् ।

सम्बन्धित समाचार : प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका हुन् । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध दाहाल-नेपाल समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

सम्बन्धित समाचार : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Tags :
प्रतिक्रिया दिनुहोस