२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

अ+ अ-

कर्णाली । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत-नेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट जहरेसम्म जाँदै गरेको बा४ख १९६१ नम्बरको यात्रुवाहक हाइस रोकी जाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका १९ वर्षीय गणेश थापालाई पक्राउ गरेको हो ।

जाँचका क्रममा थापाको ज्याकेटको बाँयापट्टिको खल्तीमा तीनवटा प्लाष्टिकको पोका बनाई लुकाइछिपाई राखेको तीन ग्राम ४७० मिलीग्राम र तीन ग्राम १२० मिलीग्राम धुलो पदार्थ गरी छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला पारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

सहप्रवक्ता श्रेष्ठका अनुसार पक्राउ परेका युवकको साथबाट लागुऔषध नाइट्राभेट ट्याब्लेट तीन पत्ताभित्र २९ ट्याब्लेट, प्रोक्सिवेल स्पास नामक तीन पत्ताभित्र २४ ट्याब्लेट, प्रोक्सिवोन प्लस ट्याब्लेट एक पत्ताभित्र १६ ट्याब्लेट, नेपाली रु एक हजार ५०५ र एक थान भिभो कम्पनीको मोबाइल बरामद गरी कारवाहीका लागि उनको आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यस्तैगरी प्रतिबन्धित लागुऔषधसहित कञ्चनपुरबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन् ।

गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका हेमन्तबाट ६०० मिलीग्राम र जीवनबाट १०० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।