२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशमा बर्डफ्लु फैलिन नदिन उच्च सतर्कता

अ+ अ-

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा वर्ड फ्लु रोग पुष्टि देखिएसँगै सरोकारवाला निकायहरूबिच छलफल भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशका सचिव डा. मतिना जोशी वैद्यको अध्यक्षतामा बुधवार प्रदेश स्तरीय वर्ड फ्लु रोग नियन्त्रण समन्वय समितिको बैठक बसेको हो ।

वर्ड फ्लु रोग नियन्त्रण तथा रोकथामका लागि समन्वय र सहजीकरणको उद्देश्यले आयोजना गरिएको उक्त बैठकमा बागमती प्रदेशका तीन वटै सुरक्षा निकायका प्रमुखहरू, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक, कृषि विकास निर्देशनालय, हेटौंडका प्रमुख, स्वास्थ्य निर्देशनालयका निर्देशक, मन्त्रालयका महाशाखा प्रमुखहरू, पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनका प्रमुख, मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

विभिन्न नाकाहरूबाट पन्छी एवं पन्छी जन्य पदार्थको अव्यवस्थित ओसारपसार, प्रयोगशाला परीक्षण र रिपोर्टिङ, रोग नियन्त्रणमा विभिन्न सरोकारवाला निकायहरूको समन्वयकारी भूमिकाका विषयमा बैठकमा छलफल भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा। मतिना जोशी वैद्यले बताइन् ।

तार्केश्वर फैलिएको रोग अन्य ठाउँमा फैलिन नदिन प्रदेश मातहतका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी रोग नियन्त्रणमा सहकार्य गर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिने निर्णय गरेको सचिव जोशीको भनाई छ ।

प्रयोगशाला परीक्षण प्रतिवेदनको आधारमा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाको वडा नं ७ र १ मा बर्डफ्लु रोग फैलिएको पुष्टि भएसँगै रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा। नारायण बहादुर श्रेष्ठको नेतृत्वको र्‍यापिड रेस्पोन्स टोलीले ‍माघ १७ र २८ गते दुई पटक गरी चार हजार ७ वटा हाँस, टर्की तथा लोकल कुखुरा, ८७५ किलो दाना र ५६८ गोटा अण्डा नष्ट गर्नुका साथै वरपरको सङ्कटग्रस्त क्षेत्रमा तीव्र निगरानी९सर्भिलेन्स० कार्य जारी राखेको जनाएको थियो ।

बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सर्भिलेन्सका लागि विशेष बजेट विनियोजन गरी सर्भिलेन्स कार्यका लागि मातहतका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूलाई परिचालन गरिएको जानकारी निर्देशनालयका निमित्त निर्देशक डा। रामप्रकाश प्रधानले दिएका छन् ।

वर्ड फ्लु रोग नियन्त्रण र रोकथामका लागि जनचेतनामूलक सूचनाहरू विभिन्न सञ्चार माध्यमहरूबाट प्रचार प्रसार भइरहेको र आगामी दिनहरूमा पनि यस कामलाई निरन्तरता दिने मन्त्रालयले बताइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूबाट प्रत्येक जिल्लाहरूको सर्भिलेन्स रुट तय भई सर्भिलेन्स कार्य जारी रहेको र सो को रिपोर्टिङ साप्ताहिक रूपमा मन्त्रालयमा पठाउने व्यवस्था गरिएको साथै रोग पुस्ट्याइँ भएको अवस्थामा तुरुन्त सम्बन्धित निकायहरूमा जानकारी गराई आवश्यक कदम चाल्ने व्यवस्था मिलाइएको जोशीले जनाएकी छिन् ।