म्यानमार सरकारका कर्मचारी सैनिक शासनको विरोध प्रदर्शनमा सहभागी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

म्यानमार सरकारका कर्मचारी सैनिक शासनको विरोध प्रदर्शनमा सहभागी


एजेन्सी

४ फाल्गुन २०७७, मंगलबार


नेपिदअ । म्यानमारका सरकारी र निजी क्षेत्रका कर्मचारीहरू पनि सैनिक शासनको विरोध प्रदर्शनमा सहभागी भएका छन् । कर्मचारीहरु नै नागरिक अवज्ञामा सहभागी हुन थालेपछि सैनिक शासन नै अप्ठ्यारोमा परेको छ ।

सरकारी र निजी क्षेत्रका कर्मचारीहरूलाई जुन्ता सरकारले दिनदिनै सूचना निकालेर काममा फर्किन भने पनि उनीहरूले नागरिक अवज्ञालाई निरन्तरता दिइरहेका छन्।

म्यानमारमा फेब्रुअरी १ मा नागरिक सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता हत्याएको थियो। सैनिक कूको विरोधमा म्यानमारमा दिनदिनै विरोध प्रदर्शन र जुलुस भइरहेका छन्। जुलुसमा सरकारी र निजी क्षेत्रका कर्मचारी पनि सहभागी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस