२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोतका नासु र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक सेवाग्राहीको जग्गा हाल साबिकको क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउने भन्दै उनीहरूले रु ४० हजार घुस मागेको पाइएको छ । उनीहरूले घुसका अलावा एक बोतल मदिरा लिएको पाइएको आयोगको अभियोगमा उल्लेख छ । आयोगले उनीहरुविरुद्ध रु ४७ हजार ८५० बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै आयोगले स्रोत नखुलेको रु एक लाख ९० हजार नगदसहित बागमती प्रदेशमा दर्ता भएको एक सवारी साधन सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा निमित्त कार्यालय प्रमुख श्रेष्ठलाई सैनामैना नगरपालिका १० रुपन्देहीको पूर्व–पश्चिम राजमार्गको कोठो वनबाट नियन्त्रणमा लिइएको आयोगको भनाइ छ । आयोगले गत माघ २९ गते पक्राउ गरेको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।