काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
बिहीबार अपराध महाशाखाको टोलीले राज्यविरुद्धको कसुरमा नेतृ झाँक्रीलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेको केही घण्टामै सर्वोच्च अदालतम बन्दी प्रत्यक्षीकरणको रिट परेको हो ।
यस्तै, राष्ट्रिय मानवअधिकार आयोगको टोली पक्राउपछि नेतृ झाँक्रीलाई राखिएको मीनभवनस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा पुगेको छ ।
नेतृ झाँक्री पक्राउको विषयलाई बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेको हो । किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन् ।