काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैँयाले घटेको छ । छापावाला सुन तोलामा ९० हजार ४०० रपैँयामामा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा २०० ले घटेको छ । ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज ८९ हजार ९५० रुपैँया मूल्य निर्धारण भएको छ । त्यस्तै चाँदी तोलामा रु ५ रुपैँयाले बढेको छ । एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार ३१५ रुपैँया मूल्य निर्धारण भएको छ ।