२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा

अ+ अ-

दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबिच शाखाको औपचारिक उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैका लागि बैंक” भन्ने मूल नारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताएका छन् ।

उनले स्थानीय स्तरबाट सङ्कलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।

ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पुर्‍याउन बैंक स्थापना भएको बताए ।

बैंकले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विनोदकुमार पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जाल सहित २४१ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन काउन्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।