गौरिका र आयषासहित पाँच खेलाडीलाई युयुएनटीएफ अवार्ड « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गौरिका र आयषासहित पाँच खेलाडीलाई युयुएनटीएफ अवार्ड


प्रशासन संवाददाता

२४ माघ २०७७, शनिबार


काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा चार स्वर्ण पदक जित्‍न सफल पौडीकी गौरिका सिंह र दुई स्वर्ण पदक विजेता आयषा शाक्यसहित पाँच खेलाडी सम्मानित भएका छन्।

गौरिका र आयषासहित तेक्‍वान्दोका भुपेन श्रेष्ठ, काजल श्रेष्ठ र सञ्‍जीवकुमार ओझा आज युनिभर्सल युनाइटेड नेप्लिज तेक्‍वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका हुन्।

युयुएनटिएफ अवार्डबाहेक १३औं सागमा तेक्‍वान्दोबाट पदक जित्‍ने सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई पनि नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी तेक्‍वान्दोका प्रशिक्षक नोर्बु लामा पनि पुरस्कृत भएका छन्।

नुवाकोटको बट्टारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्‍त्रालयका सचिव रामप्रसाद थपलियाले विजेता खेलाडीहरूलाई नगदसहित सम्मान गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस