२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न “जनतालाई किन दुःख दिनु पर्‍यो ? ”

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुप¥यो रु” भनी प्रश्न गरेका हुन्। उनले जनताले बन्द नभई निर्वाचन चाहेको बताए ।

“बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उनले भने । उनले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाए । उनले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने बताए । प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गरे ।

उनले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकेकाले काम अगाडि बढ्ने जानकारी दिए । उनले भने, “सुकुम्बासीको समस्या समाधान नगर्दा देशको समस्या समाधान हुँदैन । तपाईहरुको समस्या समाधान नगर्दा जनताको उद्देश्य पूरा हुँदैन”, उनले भने, “त्यसैले सरकार आफ्नो उद्देश्यमा असफल हुन तयार छैन । सुकुम्बासीको समस्या समाधान हुन्छ ।”

“पार्टीमा एउटा शुद्धीकरण हुनै पर्दथ्यो । तपाई सबैले देख्नुभयो । पार्टी पार्टी जस्तो थियो र ? पार्टी झैँ चलेको थियो र ? पार्टी जस्तै चलेकै थिएन ?” उनको भनाइ रहेको थियो, “पार्टी पार्टी जस्तो नचलेकाले एउटा किनारा लाग्नुपर्ने थियो । त्यो आफ्नै ढङ्गले किनारा लाग्यो ।”