नुवाकोटमा दाहाल-नेपाल समूहले उपप्रधानमन्त्रीको बाटो छेकेपछि झडप « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नुवाकोटमा दाहाल-नेपाल समूहले उपप्रधानमन्त्रीको बाटो छेकेपछि झडप


१९ माघ २०७७, सोमबार


काठमाडौँ । नुवाकोटमा नेकपाको दाहाल-नेपाल समूहका कार्यकर्ताले उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताको बाटो छेकेपछि झडप भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरु बिदुरमा आयोजना हुने सभालाई सम्बोधन गर्न जाने क्रममा दाहाल-नेपाल समूहका कार्यकर्ताले बाटो छेकेर अवरोध गर्न खोजेपछि झडप भएको हो।

झडपमा परी दुवै समूहका केही कार्यकर्ताहरु घाइते भएका बताइएको छ। तर जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले कसैलाई चोटपटक लागेको रिपोर्ट प्रहरीसमक्ष नरहेको बताए।

उपप्रधानमन्त्रीको बाटो छेकेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको एसपी कार्कीले बताए। उनले दाहाल-नेपाल समूहका कार्यकर्ताको ढुंगा प्रहारबाट एउटा गाडीमा क्षति पुगेको बताए। अहिले अवस्था सामान्य भइसकेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस