२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा भूकम्पको अध्ययनमा लोकविजय अधिकारीलाई विद्यावारिधि

अ+ अ-

काठमाडौँ । ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राख्दथे । विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि धेरै पत्रकारको जिज्ञासा मेटाउनमै लोकविजयको समय जाने गरेको थियो । आज उनै लोकविजयले भूकम्पसम्बन्धी यस्तै प्रश्नका विषयमा विद्यावारिधि हासिल गरेका छन् ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले गोरखा भूकम्प र त्यसको परकम्पको अध्ययनमा विद्यावारिधि प्राप्त गरेका हुन् । अधिकारीले फ्रान्सको पेरिस विश्वविद्यालयबाट आफूले विद्यावारिधि उपाधि प्राप्त गरेको सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्। ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? अब, भूकम्प जान्छ कि जाँदैन सर ? यी दुई प्रश्न २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पपछिका केही महिनासम्म मलाई धेरै सोधिएका र मैले धेरै उत्तर दिएका प्रश्नहरु हुन् । गोरखा भूकम्प र त्यसका परकम्पका बारेमा मैले गरेको अध्ययनबाट पेरिस विश्वविद्यालयले मलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ’, अधिकारीले लेखेका छन् ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता जयराज घिमिरेले विभागका वरिष्ठ सिस्मोलोजिष्ट अधिकारीले गोरखा भूकम्पको तथ्याङ्कबारे विद्यावारिधि प्राप्त गरेको जानकारी दिए । अधिकारीले दुई दिनअघि यो उपाधि पाएका हुन् । उनीसँगै जापानको टोकियो विश्वविद्यालयबाट विभागकै सिस्मोलोजिस्ट मुकुन्द भट्टराईले पनि विद्यावारिधि गरेका थिए ।

भट्टराईले गोरखा भूकम्पपछि काठमाडौँको भूकम्पीय जोखिम सङ्कलन गरी त्यसले भौतिक संरचनामा पार्ने प्रभावका विषयमा विद्यावारिधि गरेका हुन्। भट्टराईले एक महिनाअघि विद्यावारिधि गरेका थिए । गोरखा भूकम्पपछि केन्द्रको स्टेशनले मापन गरेका भूकम्पीय तरङ्गको नेपालमै बसेर नेपाली प्रविधि र स्रोतसाधनबाटै अध्ययन गरी विद्यावारिधि प्राप्त गरिएको र यसले भविष्यमा भूकम्पको जोखिमबारे अध्ययन अनुसन्धान गरी बेलैमा सचेतना अपनाउने कार्यमा सहयोग पुग्ने भट्टराईले बताए ।

यता अधिकारीले गोरखा भूकम्पले धेरै नयाँ कुराको अध्ययन गर्न बाटो खोलिदिएको र यो भन्दा पहिला अध्ययन हुन सकेको विषय भएकाले भविष्यमा पनि धेरै अर्थ राख्ने काम गर्न पाएकामा उहाँले खुशी व्यक्त गरेका छन् । अधिकारीले औपचारिक शिक्षाको शुरुदेखि आजसम्म हरेक तहमा साथ दिनु हुने र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । उनले भूकम्पबारे सचेत रहन र पूर्व तयारी गर्न पनि आम समुदायमा आग्रह गरेका छन् ।