प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन


१३ माघ २०७७, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गत भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

३० गते काठमाडौँका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरु भएको छ ।

प्रतिनिधिसभा विघटन विरोधमा काग्रेस निरन्तर संघर्षरत रहेको छ । यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस