सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस


प्रशासन संवाददाता

११ माघ २०७७, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।

कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले सर्वोच्च अदातमा निवेदन पेस गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसमा कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीलाई हदैसम्मको सजाय मागसहित अधिवक्ता शर्माले निवेदन पेस गरेका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस