प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा


प्रशासन संवाददाता

९ माघ २०७७, शुक्रबार


high court

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ शुक्रबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ ।

संवैधानिक इजलासमा शुक्रबार रिट निवेदकका तर्फबाट रिट निवेदकसमेत रहेका अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।

रिट निवेदनमाथिको सुनुवाईले आइतबार निरन्तरता पाउने भएको छ । रिट निवेदकका तर्फबाट तीन सयभन्दा कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएका कारण पछिल्ला दिनमा इजलासले कानुन व्यवसायीलाई बहस छोट्याउन आग्रह गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस