२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि उपप्रमको निर्देशन

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा चक्रपथ सुधार आयोजनाको हालसम्मको प्रगति र वाटो विस्तारका क्रममा देखापरेका चुनौती र त्यसको समाधानका निम्ति भइरहेको प्रयासका बारेमा छलफल भएको हो । कलङ्कीदेखि धोबीखोलासम्मको कूल ११।६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगञ्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौँ महानगर, सड्क क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारीलगायत पदाधिकारीलाई दोस्रो पटक बोलाएर छलफल गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले सडक विस्तारका क्रममा अनुचित माग र अर्घल्याई स्वीकार्य नहुने वताए । सम्बद्ध पक्षलाई अनुचित कुराको पछि नलाग्न निर्देशन दिँदै उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सवै निकायबीच समन्वय गरेर अघि बढ्न निर्देशन दिए ।

उनले अनुचित माग नसुन्न र सरकारको विकास नीति अनुसार सरोकारवाला निकायहरू समन्वय गरेर अगाडि बढ्नसमेत निर्देशन दिएका छन् । ‘अनावश्यक माग सुन्दै जाने हो भने कसैले काम गर्न सक्दैन’ उनले भने ‘जायज माग सुन्नुस्, नाजायज कुराका पछि लागेर विकासका गतिविधि रोक्न हुन्न’

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउँदै लैजानुुपर्ने बताए । त्यस्तै, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राज्यको नीतिमा सबैको आपसी अपनत्व आवश्यक भएको बताए ।