२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या

अ+ अ-

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । सहायक सूचक २७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

गत शुक्रबार बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरूमा पहिचान खुलेको थिएन। अनुसन्धानको क्रममा सोही ठाउँका विभागमा कार्यरत प्रवीण थापा भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।

खड्काका अनुसार प्रवीणको शव उनको घरभन्दा साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो। थापाको टाउकोमा धारिलो हतियारको चोट रहेको बताइएको छ। उनको पोष्टमार्टम गरी शव परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

हत्याको कारण भने खुल्न नसकेको र यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतक थापा एक वर्षदेखि विभागमा कार्यरत रहेको खुलेको छ ।