२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति र समृद्धिको भण्डार भरौँ !​

अ+ अ-

कस्तो छ संसार ?​
देख्न सक्तिन​
रङ्गिन छ,सुन्दर छ​
म अनुभूति गर्छु​
फूलको स्पर्शले​
पुलकित हुन्छु​
भावविभोर भै​
त्यसमै हराउँछु​
स्वप्निल छ संसार​
त्यसमै रमाउँछु ।
उफ्रने,कुँदने​
मलाई रहर छ​
चरा जस्तै उड्ने​
मलाई रहर छ​
मन त मेरो पनि त्यस्तै​
चञ्चल छ तिम्रो जस्तै​
न दौडन सक्छु​
तिमी जस्तै​
न पौडन सक्छु​
तिमी जस्तै​
फगत कुँजिएर​
बसिरहेछु यस्तै यस्तै ।
सक्तिन म सुन्न​
भमराको भुनभुन​
न सुन्छु साराङ्गिको​
त्यो मधुर धुन​
दृश्यावलोकनमै महशुस गर्छु​
टिपेर ल्याउँ लाग्छ​
त्यो आकाशको जुन ।
हामी पनि हौं​
सृष्टिकै सृजना​
हाम्रा पनि छन्​
तिम्रा जस्तै तिर्सना​
महत्वाकांक्षा अनि​
सुन्दर सपना​
हामी पनि सक्छौं​
हाम्रो भविष्य बदल्न ।
दृष्टिविहीन भए पनि​

आफ्नो काव्य कलाले​
दुनियाँ मुग्ध पार्ने​
होमर हेर !​
कूँजिएको शरीरका​
आफ्ना दुई चक्षुले​
व्रम्हाण्ड नियाल्ने​
स्टेफेन हेर !​
नसुनेर के भो ?​
नदेखेर के भो ?​
अरुलाई देख्न सघाउने​
अरुलाई लेख्न सघाउने​
लुई व्रेल हेर !​
जीवन काँडा हो कि फूल ?​
त्यो आ- आफ्नै दर्शन हो​
त्यो आ- आफ्नै चिन्तन हो​
हाम्रै देशमा​
पारीजात अनि झमक हेर​
साहित्याकाशमा उनको​
चमक हेर ।
अपाङ्गता कुनै अपराध हैन​
पूर्व जन्मको केहि पाप हैन​
दैवीक कुनै यो श्राप हैन​
तसर्थ हामीलाई​
कमजोर नठान​
घृणा ,तिरस्कारको​
मुटु छिया छिया पार्ने​
वाण नहान ।
त्यसैले त भन्छौं​
दया हैन हामीलाई​
माया देऊ​
उन्नति गर्ने​
अवसर देऊ​
एकापसमा हामी​
हातेमालो गरौं​
समताको विगुल फुक्दै​
सन्देश छरौं​
न्यायपूर्ण समाजको​
निर्माण गरौं​
शान्ति र समृद्धिको​
भण्डार भरौं ।​
शान्ति र समृद्धिको​
भण्डार भरौं ।।​

… अस्तु…