सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रचण्ड–माधवको तयारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रचण्ड–माधवको तयारी


९ पुस २०७७, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड– माधव समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ।

बिहीबारको केन्द्रीय कमिटी बैठकबाट विष्णु पौडेललाई हटाएर उनको ठाउँमा पाण्डेलाई महासचिव नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ। बैठक दिउँसो १ बजे बस्दैछ।

महासचिवका लागि भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि चर्चामा रहेको थिपयो । ।

माधवकुमार नेपालले महासचिवमा भीम रावलको नाम अघि सारेका थिए भने प्रचण्डले वर्षमान पुन र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेका थिए।

नेकपा एक हुँदा पहिलो वरियताका बरिष्ठ नेता रहेका झलनाथ खनालले भने पाण्डेलाई महासचिव बनाउन चाहेका छन्।नेता खनालले प्रस्ताव गरेको व्यक्ति नै महासचिव हुन लागेको एक स्रोतले जानकारी दिएको छ ।

बुधबार बसेको प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले ओलीलाई संसदीय दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नयाँ नेता बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस