२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कात्तिक नृत्यमा १८ वर्षमुनि, ६० वर्ष माथिकालाई संलग्न नगराइने

अ+ अ-

ललितपुर । आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ ।

मुलुकमा फैलिरहेको महामारीका कारण यही मङ्सिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस वर्ष कोभिडलाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो ।

अठार वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा यसबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारका रूपमा छनोट गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।

उनले भने, ‘कात्तिक नाट्य महोत्सवमा भाग लिने हामीसँग आठ वर्षदेखि ८० वर्षसम्मका कलाकार हुनुहुन्छ । यस वर्ष २० देखि ४० वर्ष उमेरका मानिसलाई शुक्रबार वराह र शनिबार नृसिंह अवतारको नाच देखाउने तयारीमा राखिरहेका छौँ।’ गत वर्ष १२ दिन देखाइएको नृत्यमा लगभग १५० कलाकार सहभागी थिए । तीमध्ये ७० जना नाटक प्रस्तुत गर्ने कलाकार र अन्य बाँकी ८० वाद्यवादक, सहयोगी र स्वयंसेवक रहेका चित्रकारले जानकारी गराए ।

यस वर्ष कात्तिक नाच देखाउँदा सामाजिक दूरी कायम गर्ने, स्वास्थ्य सावधानी पूर्णरूपमा अपनाउने वचनबद्घताका साथ मात्र परम्परा धान्न जिल्ला प्रशासन कार्यालय ललितपुरले अनुमति दिइसकेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । उनले भने, ‘वराह नृत्य कलाको प्रदर्शन कात्तिक शुक्लपक्ष द्वादशी र नृसिंह अवतार नाट्य मञ्चन कात्तिक शुक्लपक्ष त्रयोदशीकै दिन करिब तीनदेखि चार घण्टा देखाइनेछ ।’

सिद्धिनरसिंह मल्लका नाति योगनरेन्द्र मल्लले कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । यी विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुसी छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामुर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका समितिले जनाएको छ ।

हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा सो नृत्य मञ्चन गरिन्छ । भगवान् विष्णुले मानव कल्याण र धर्मरक्षाका लागि लिएका विभिन्न अवतारमध्ये यस वर्ष वराह अनि नृसिंह अवतारको मात्र नाट्य महोत्सव आयोजना गरिने बताइएको छ ।

यो नृत्यको कथामार्फत शुक्रबार हिरण्याक्ष दैत्यको वध र शनिबार दानव हिरण्यकशिपुको वध गरेर लोकलाई शान्तिको सन्देश छर्ने काम हुनेछ । मुलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमै कुनै वर्ष पनि नरोकिएको जानकारहरूको भनाइ छ ।

किंवदन्तीअनुसार विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवको रूपमा सम्पूर्ण नेपालीसामु रहन सफल भइरहेको छ । कात्तिक नाचको माध्यमद्वारा मानिसलाई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिन्छ ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । यो ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने माध्यम पनि बनिरहेको छ ।