बालिका हत्या प्रकरण : बर्दिवासमा निषेधाज्ञा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालिका हत्या प्रकरण : बर्दिवासमा निषेधाज्ञा


१० मंसिर २०७७, बुधबार


महोत्तरी । बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ६ वर्षीया बालिकाको हत्यापछि मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्युपछि स्थानीयले बुधबारपनिआन्दोलन गर्नथालेपछि महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

आज (बुधबार) बिहान ९ बजेदेखि भोलि (बिहीबार) बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिएका छन् ।

निषेधाज्ञा जारी भएको क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन पाउने नपाउने भएको छ । पूर्व पश्चिम राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

आइतबार साँझदेखि हराएकी बर्दिबास–१४ का शहील आलमकी छोरी गुलाबको हत्या भएको थियो। गुलाबको शव हत्या गरेर बोरामा फालेको अवस्थामा सोमबार राति भेटिएको थियो ।

हत्या आरोपमा अरुणकुमार साहलाई पप्रहरीले पक्राउ गरेको छ । साहले बालिकाको हत्या गरेको स्वीकारेका छन् । यसअघि वैशाखमा भएको हत्यामा पक्राउ परेका साह एक लाख धरौटीमा छुटेका थिए । स्थानीयले साहको घरमा आगजनी समेत गरेका छन् ।

मंगलबार प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा केही घाइते भएका थिए । घाइतेमध्ये बर्दिवास नगरपालिका–१ बस्ने ४० वर्षीय बुद्धिराज न्यौपानेको बुधबार उपचारका क्रममा ग्रान्डी अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

न्यौपानेको मृत्यु भएपछि स्थानीय झन आक्रोशित भएका छन् । गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बुधबार बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

सम्बन्धित समाचार : घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित

सम्बन्धित समाचार : प्रहरीको गोली लागेर घाइते बुद्धिराजको मृत्यु

सम्बन्धित समाचार : बालिकाको हत्या पछि पक्राउ परेका व्यक्तिको घरमा आगजनी

सम्बन्धित समाचार : हराइरहेकी बालिकाको शव फेला

 

Tags :
प्रतिक्रिया दिनुहोस