प्रहरीको गोली लागेर घाइते बुद्धिराजको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरीको गोली लागेर घाइते बुद्धिराजको मृत्यु


१० मंसिर २०७७, बुधबार


काठमाडौँ। मङ्गलवार महोत्तरीमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराजको मृत्यु भएको छ ।

प्रहरी र स्थानीयबीचको झडपका क्रममा तिघ्रामा गोली लागेर अपचारका लागि काठमाडौं ल्याइएका बुद्धिराज न्यौपानेको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए ।

आइतबार देखि हराइरहेकी ६ वर्षीया बालिकाको सोमबार राति शव फेला परेपछि मंगलबार स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र स्थानीय बीच झडप भएको थियो । झडमा बर्दिबास नगरापालिका १ का ४२ वर्षीय न्यौपानेको तिघ्रामा गोली लागेको थियो । प्रर्दशनमा १५ प्रहरी समेत घाइते भएका थिए ।

बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

सम्बन्धित समाचार : बालिकाको हत्या पछि पक्राउ परेका व्यक्तिको घरमा आगजनी

सम्बन्धित समाचार : हराइरहेकी बालिकाको शव फेला

Tags :
प्रतिक्रिया दिनुहोस