बालिकाको हत्या पछि पक्राउ परेका व्यक्तिको घरमा आगजनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालिकाको हत्या पछि पक्राउ परेका व्यक्तिको घरमा आगजनी


९ मंसिर २०७७, मंगलबार


झापा । महोत्तरीमा ६ वर्षीया बालिका हत्याको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी गरिएको छ । बर्दिबास नगरपालिका–१४ की ६ वर्र्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला–५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिबास–१४ स्थित घरमा स्थानीयबासीले तोडफोडसँगै आगजनी गरेका हुन् ।

आइतबार साँझदेखि बेपत्ता ६ वार्षीया बालिका गुलाब खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो ।

बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

सम्बन्धित समाचार : हराइरहेकी बालिकाको शव फेला

Tags :
प्रतिक्रिया दिनुहोस