स्वास्थ्य मापदण्ड पालना गरेर पर्व मनाऔँ : प्रमुख शेरचन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य मापदण्ड पालना गरेर पर्व मनाऔँ : प्रमुख शेरचन


प्रशासन संवाददाता

२८ कार्तिक २०७७, शुक्रबार


गण्डकी । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले कोभिड–१९ को महामारीमाथि विजय प्राप्त गर्न अझै समय कुर्नुपर्ने देखिएकाले पर्वहरु मनाउँदा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अपिल गरेका छन् ।

महत्वपूर्ण पर्वहरु तिहार, नेपाल संवत् र छठका अवसरमा उनले आज शुभकामना सन्देशमार्फत सामाजिक दूरी कायम गर्ने, माक्स र स्यानिटाइजर प्रयोग गर्ने, अनावश्यक भेटघाट बन्द गर्ने र भीडभाडमा नजाने गर्न आग्रह गरेका छन् ।

उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरी सुरुआत गरेको नेपाल संवत् नेपालको मौतिक सम्वत भएको बताउँदै प्रमुख शेरचनले शुभकामना सन्देशमा यसलाई प्रचलनमा ल्याउन सबैले विशेष जोड दिनुपर्ने आवश्यकता औल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस