काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ९८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ९१ भक्तपुरका १ सय ४७ तथा ललितपुरका १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो।
हाल काठमाडौँमा १६ हजार ३ सय ३१, भक्तपुरमा १ हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।







