२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा कोभिड-१९ संक्रमित ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार कोभिड-१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लो पटक मृत्यु दरमा १।४९ प्रतिशतले कमी आएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ ।

परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तिसगढ र कर्नाटकका ५५-५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन् ।

भारतमा कूल मृत्यु भएका १ लाख २० हजार ५२७ व्यक्तिमध्ये महाराष्ट्रका ४३ हजार ५५४, कर्नाटकका ११ हजार ४६, तमिलनाडूका ११ हजार १८, उत्तर प्रदेशका ६ हजार ९५८, आन्ध्र प्रदेशका ६ हजार ६४३, पश्चिम बंगालका ६ हजार ६६४, दिल्लीका ६ हजार ३९६, पञ्जाबका ४ हजार १५८ तथा गुजरातका ३ हजार ७०१ जना रहेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस