४ हजार ३९२ जनामा कोरोना संक्रमण, ३५२२ जना डिस्चार्ज « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

४ हजार ३९२ जनामा कोरोना संक्रमण, ३५२२ जना डिस्चार्ज


३० आश्विन २०७७, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस