९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाकालमा सञ्चारजगतले खेलेको भूमिका प्रशंसनीय छ : पूर्वप्रधानमन्त्री भट्टराई

अ+ अ-

पर्सा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगत्ले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

उनले महामारीको कठिन दौरमा सरकारलाई जिम्मेवार बनाउन सूचना सम्प्रेसन गरी सञ्चारमाध्यमले यर्थाततालाई जनतासमक्ष पु¥याउँदै सरकारलाई जनहितमा कार्य गर्न बाध्य बनाएको जिकिर गरे ।

पिसिमिया नेटर्वक प्रालिद्वारा वीरगञ्जमा सञ्चालित रहेको रेडियो सान्भी ९६.४ मेघाहर्ज र साझा डेली डकमको आज एक समारोहका बीच उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सञ्चारजगत्ले खेलेको भूमिकाकै कारण समाजमा न्याय व्यवस्था कामय हुन मद्दत पुगेका साथै लोकतन्त्र बलिको हुँदै गएको बताए ।

लोकतन्त्रको चौथो अङ्गका रुपमा रहेको सञ्चार क्षेत्रलाई स्वतन्त्र, निष्पक्ष र आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन नसकिए लोकतन्त्र कमजोर हुने खतरा रहेको नेता भट्टराईले जिकिर गरे । उनले सञ्चार क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले सञ्चारगृहमा काम गर्ने सञ्चारकर्मीलाई आर्थिकरुपमा बलियो बनाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताउँदै सञ्चार क्षेत्रलाई आर्थिकरुपमा सवल बनाउन सरकारले समेत पहलकदमी लिनुपर्ने विचार व्यक्त गरे ।

उद्घाटन समारोहमा सहभागी रहेका जनता समाजवादी पार्टी नेपालका कार्यकारी अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले सामाजिक न्याय, मौलिक अधिकार र मानवअधिकार रक्षका लागि नेपाली सञ्चारजगत्ले राम्रो भूमिका निर्वाह गरे पनि यसलाई अझै व्यवस्थितरुपमा अगाडि बढाउन आवश्यक रहेकोे धारणा व्यक्त गरे ।

उनले मुलुकमा राज्यपक्षबाटै विभेद र मानवअधिकार उल्लङ्घनको घटना प्रकाशमा आइरहेको वर्तमान अवस्थामा सञ्चारजगत्को भूमिकालाई थप बढाएको छ भने खोजी पत्रकारितालाई नयाँस्वरुपमा अगाडि बढाउन सञ्चार क्षेत्रमाथि दायित्वलाई बढाएकोे बताए ।

रेडियो सान्भीका महाप्रबन्धक नवराज फुयाँलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रदेश सरकारले ल्याएको सञ्चारक कानूनप्रति नेपाल पत्रकार महासङ्घको असन्तुष्टिलाई यही दशैँ र तिहारका बीच दुई पक्षीय बैठक तथा छलफलबाट टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चारजगत्ले लोकतन्त्र तथा सङ्घीयतालाई स्थापित गराउन खेलेको भूमिकालाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको र सञ्चार कानूनमा देखिएका विमतिलाई चाँडै समाप्त पार्दै सञ्चारमैत्री कानून निर्माण गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस