२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिम्रिक एयरलाई कोरोना सङ्क्रमितको उद्धारका लागि सरकारले दियो अनुमति 

अ+ अ-

काठमाडौँ । सरकारले सिम्रिक एयरलाई कोरोना भाइरस सङ्क्रमितको उद्धार अनुमति प्रदान गरेको छ । सिम्रिक एयरले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेकोले  अनुमति प्रदान गरिएको हो।

यो निजी क्षेत्रको सबैभन्दा अग्रणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी  हो । नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस सङ्क्रमितको उद्धार गर्न सोमबार अनुमति  दिएको हो ।

हेलिकोप्टरमा सङ्क्रमितलाई सुरक्षित ढङ्गले राख्नका लागि स्ट्रेचरलगायत डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको तोकेको प्रोटोकलअनुसारका अन्य उपकरण जडान गरिएको छ। यस्तै सङ्क्रमितबाट अन्य यात्रुमा भाइरस नसर्ने गरी मेडिकल उपकरण र सुरक्षा सुनिश्चित गरिएको र आपत्कालीन सेवाका लागि मेडिकल टिमसमेत रहने बताइएको छ ।

हालसम्म कोरोना सङ्क्रमितको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट मात्रै हुँदै आएको थियो। निजी क्षेत्रबाट पहिलो पटक कोरोना उद्धारका लागि सिम्रिकलाई अनुमति दिएको हो।

सिम्रिक एयरका अहिले पाँच हेलिकप्टर सञ्चालनमा छन् । जसमध्ये दुई वटा हेलिकोप्टर सङ्क्रमितको उद्धारका लागि प्रयोग गरिनेछ।