२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहले योजनामा विशेष ध्यान दिनुपर्छ : पूर्वमन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्थानीय तहले सबै योजनामा विशेष ध्यान पुर्‍याए कार्यान्वयनमा कुनै जटिलता नहुने बताएका छन् ।

उनले विकासनिर्माणका लागि सरकारसँग बजेट र योजनाको अभाव नभएकोसमेत दावी गरे । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का केन्द्रीय सदस्य बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित नेकपा नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै सबै स्थानीय तहले ध्यान दिए बजेट र योजना कार्यान्वयनमा सहज हुने बताए । ‘विनियोजित बजेट विविध कारणले खर्च नहुँदा कतिपय योजना सम्पन्न भएका छैनन्, यसमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ’ उनले भने ।

प्रतिनिधिसभा सदस्य बाँस्कोटाले विकास साझा विषय भएकाले कुनै पार्टी विशेषको नहुने बताए । उनले भने ‘विकास कुनै पक्ष र विपक्षको हुँदैन, तर केमा कसले कति ध्यान पुर्‍याउने भन्ने मात्रै हो, जसले विकासको नेतृत्व गर्छ उसलाई जनताले मन पराउनु स्वाभाविक नै हो ।’उनले हाल कुनै पनि योजना बजेट अभावमा नरोकिएको तर कार्यान्वयनमा जटिलता पैदा भएको दोहोर्‍याए ।

नेता बाँस्कोटाले नेकपा ठूलो पार्टी भएकाले प्रतिस्पर्धासहितको सहकार्यको अनिवार्य आवश्यकता औँल्याए । ‘तर एकले अर्कालाई निषेध गर्छु भनेर जाने हो निषेधको राजनीतिले पार्टी बन्दैन, विचारलाई व्यक्ति एक्लैले रोक्न–छेक्न सक्दैन’ उनले भने । सो अवसरमा नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई बाँक्कोटाले सदस्यता प्रदान गरेका थिए ।