२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वको समयमा सावधानी अपनाउनुस्, हाम्रो लागि धेरै अप्ठ्यारो समय आएको छ : स्वास्थ्य मन्त्रालय

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमित संख्या बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको बताएको छ।

डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको भन्दै यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने मन्त्रालयले जनाएको हो।

मन्त्रालयले कोरोना माहामारीको बढेका कारण चाडपर्वको समयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभगी हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

देवी देवताका मुर्ति र धेरै व्यक्तिले प्रयोग गर्ने सामाग्री नछुन पनि मन्त्रालयको सुझाव छ । पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।

उनले भनेका छन्, ‘संक्रमितहरूको संख्या धेरै बढेको छ। अस्पतालहरू, आइसोलेसन सेन्टरहरू झण्डै भरिएका छन्। खचाखच बिरामी बढेका छन्’, शनिबार नियमित प्रेस ब्रिफिङमा डा. जागेश्वर गौतमले भने, यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्‍याउँदै छ भन्ने आकलन गर्न सकिन्छ।