यता उता डुल्नेलाई, घरबार किन चाहियो र ?
विचारको क्रान्ति गर्न, तरबार किन चाहियो र ?
कति पीडा खेपिसक्यौ ?, अब चलमलाएका छौँ,
फेरि पनि निरङ्कुश , दरबार किन चाहियो र ?
नौलो सोच नयाँ निलो, आकाश खोज्न उठ्नुपर्छ,
सधैँ रक्त रञ्जित ती, अखबार किन चाहियो ?
समस्याको बिटो हेर्दा, अझै पनि उस्तै देख्छु,
परिवर्तन नसक्ने यो, सरकार किन चाहियो र ?