२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङको स्याउ बजारतिर

अ+ अ-

गण्डकी । हिमाल पारिको जिल्ला मुस्ताङको स्याउ भन्नेबित्तिकै जो कोहीको मुख रसाउँछ । बजारमा पाइने स्याउमध्ये अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ ।

कोरोनाको महामारीसँगै पर्यटन क्षेत्र शिथिल बनेका अवस्थामा यतिखेर मुस्ताङका पर्यटन व्यवसायी वैकल्पिकरुपमा स्याउको बजारीकरणका लागि सक्रिय बनेका छन् । कोरोनाको कहरबाट पाठ सिक्दै कतिपय पर्यटन व्यवसायी यतिखेर कृषि पर्यटनलाई अघि बढाइरहेका छन् ।

अत्यधिक चिसो समयका अलाबा अधिकांश समय मुस्ताङमा पर्यटकलाई स्वागत गरिरहेका होटेल ग्रान्ड साम्बाला, मुक्तिनाथका सञ्चालक सुरज गुरुङ यतिखेर कृषि पर्यटनमा सक्रिय छन् । सम्बाला एग्रो फार्म शुरु गरेका गुरुङलाई अहिले भने मुस्ताङको स्याउ काठमाडौँ पठाउन भ्याइनभ्याइ छ । स्याउको नर्सरीसमेत थालेका गुरुङले मुस्ताङको मुक्तिक्षेत्रका कागबेनी, खिङ गाउँलगायतका स्थानबाट दैनिक स्याउ सङ्कलन गरी काठमाडौँ निर्यात गरिरहेको बताए ।

‘फार्ममा बोटमा स्याउ पाकिरहेका छन्, विगत एक सातायता दैनिक लगभग एक ट्रकका दरले पठाउन थालेको छु’, उनले भने, ‘बजारमा मुस्ताङी स्याउको माग अत्याधिक छ, पुर्‍याउनै धौ धौ छ ।’ बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमा नै थोक मूल्य लगभग प्रतिकिलो रु १२०/१२५ पर्ने गरेको उनले जानकारी दिए । दशैँ तिहारको समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । पोखराका बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्ने गरी पसलमा यहाँ मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गर्दछन् ।

उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती भएको ठिनीका स्याउ व्यवसायी पल डिसी थकालीले बताउनुभयो । उनका अनुसार स्याउबाट सो क्षेत्रका धेरै स्थानीयवासीले राम्रो आयआर्जन गरेका छन् । जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र शुरु भएकोे हो । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको थियो ।

मुस्ताङका स्थानीयवासीका अनुसार सरकारले शुरुमा प्रत्येक घरमा तीन/तीन वटा स्याउका बेर्ना बाँडेको थियो । त्यसयता स्याउको खेतीमा उत्साहित बनेका यहाँका व्यवसायीले विसं २०३५/३६ देखि स्याउबाट रक्सीसमेत बनाउन थालेका थिए । पछिल्ला समयमा मुस्ताङमा स्याउको रक्सी बनाउने उद्योग पनि बर्सेनि बढ्दै गएका छन् । मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउनका लागि बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । हिमाली दृश्यको अवलोकनका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ ।

सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको परियोजनाका मुस्ताङ प्रमुख सुधीर थापाले बताए । उनका अनुसार मुस्ताङमा स्याउखेती एक हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

हाल ५०० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थालिसकेको बताउँदै उनले जलवायु परिवर्तनलगायतका कारणबाट जिल्लाको तल्लो भेगमा उत्पादनमा कमी आउन थालेको जानकारी दिए। जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, ठिनीलगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ । मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन् । कृषिको तथ्याङ्कअनुसार अघिल्लो वर्ष मुस्ताङमा छ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।