२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूध बिक्रीबाट किसानलाई आर्थिक लाभ

अ+ अ-

वागमती । नेपाल दुग्ध विकास संस्थानअन्र्तगत हेटौँडा दुग्ध वितरण आयोजनामा दूध बिक्रीबापत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका २५ हजारभन्दा बढी किसानले आर्थिक लाभ गरी व्यावसायिक कारोवारमा संलग्न रहेका छन् ।

आयोजनामा करिब २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत २५ हजार दुग्ध किसानको दूध सङ्कलन हुने गरेको र किसानलाई आर्थिक लाभ प्राप्त भएको बताइएको छ ।

ग्रामीण क्षेत्रका दूध उत्पादक किसानले उत्पादन गरेको दूधको उपयुक्त मूल्य दिई बजारको व्यवस्थापन गर्ने तथा गुणस्तरयुक्त दूध तथा दुग्ध पदार्थ सुलभ तरिकाले शहरी क्षेत्रलगायतका उपभोक्ताबीच नियमितरुपले आपूर्ति गर्ने उद्देश्यले आयोजनाको स्थापना भएअनुसार कार्य भइरहेको छ । साथै आयोजनाअन्तर्गत चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, बरहथवा, हरैया, बसवरिया र सिम्रौनगढमा सात वटा दूध चिस्यान केन्द्रमार्फत दूध सङ्कलन हुँदै आएको छ ।

त्यसका अलावा मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थामार्फत नियमितरुपमा दूध सङ्कलन गर्ने गरिएको आयोजनाका शाखा अधिकृत ठाकुरदास श्रेष्ठले जानकारी दिए । मौसमअनुसार आयोजनाले दैनिक १० हजार लिटरदेखि ३५ हजार लिटरसम्म दूध सङ्कलन गरी बिक्री वितरण गर्ने गरेको छ ।

आयोजनाको ६० हजार लिटर दूध भण्डारण गर्ने क्षमता छ । यस आयोजनासँग दही उत्पादन क्षमता तीन हजार लिटर, घ्यू, मख्खन, पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन, ताजा दूध एक हजार ५०० बोतल प्रति सिफट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट उत्पादन क्षमता प्रतिदिन रहेको छ ।

आयोजनाको बिक्री वितरण क्षेत्रमा तीन डिस्ट्रीब्यूटर्स, २८ डिलर र १९७ बिक्री बुथमार्फत वीरगञ्ज र नारायणघाट क्षेत्रमा नियमितरुपमा सेवा पु¥याउँदै आएको छ । डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा विसं २०३० वैशाखमा स्थापना भएको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रति घण्टा तीन हजार लिटर रहेको शाखा अधिकृत श्रेष्ठले बताए । आयोजनासँग बढी भएको दूध पाउडर दूधका लागि विराटनगर तथा बालाजु पठाउने गरिएको छ । दुग्ध विकास संस्थानको स्थापना विसं २०२६ साउन १ गते भएको थियो ।