अवकाशको एक सातामै जनसेवाद्वारा सम्मानित नवीन घिमिरेलाई सुरक्षा दिने सरकारको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अवकाशको एक सातामै जनसेवाद्वारा सम्मानित नवीन घिमिरेलाई सुरक्षा दिने सरकारको निर्णय


१४ आश्विन २०७७, बुधबार


संसदीय सुनुवाई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई सरकारले सुरक्षा दिने निर्णय गरेको छ ।

अवकाशको एक सातामै संविधान दिवसको उपलक्ष्यमा प्रसिद्ध प्रबल जनसेवा श्री(द्वितीय)द्वारा सम्मानित घिमिरेलाई घर जाँदाजाँदै सुरक्षा थ्रेट भन्दै सुरक्षाकर्मी उपलब्ध गराईको हो ।

घिमिरेलाई सेवा निवृत्त हुनुभन्दा दुई दिनअघि भदौ २६ को क्याबिनेट बैठकले ११ जना सुरक्षाकर्मीको डफ्फा उपलब्ध गराएको स्रोतले बताएको छ । निर्णयमा निश्चित समय नतोकिएकाले आजीवन सुरक्षा उपलब्ध गराइएको ती स्रोतको दाबी छ । यद्यपि यस अघि लोकमान सिंह कार्कीको पालामा भएको आजीवन सुरक्षा दिने निर्णय यस अघि नै खारेज भई सकेकोले घिमिरेले आजीवन नभई निश्चित समयका लागि मात्र उपलब्ध गराएको हुन सक्ने गृह उच्च स्रोतले बताए ।

स साना रकमका मुद्धाहरु चलाएर ठूला घुस काण्ड तामेलीमा चढाएको भन्दै पछिल्लो समय उनको चर्को आलोचना भएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस