२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३७ करोड बढीको राजस्व छली : उच्च अदालत पाटनमा मुद्दा

अ+ अ-

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले विभिन्‍न कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभिन्न कम्पनीहले नक्कली भ्याटबिल प्रयोग गरी ३६ करोड ८८ लाख रुपैयाँबराबर राजस्व चुहावट गरेको देखिएपछि ती कम्पनीहरुविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको बताएको छ ।

विभागले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गर्ने चितवनको भरतपुर महानगरपालिका २ स्थित सन्तोषी निर्माण सेवाका सञ्चालक केशवराज कँडेललगायत तीन जनामाथि ६ करोड २२ लाख ७४ हजार २ सय २८ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको छ ।

यस्तै ललितपुर महानगरपालिका १३ स्थित स्काइलाइन ट्रेडर्स एन्ड सप्लायर्सका प्रोप्राइटर वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका प्रोप्राइटर उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनलका सञ्‍चालक हर्ष चौधरीले ५ करोड ८ लाख ९४ हजार २ सय १६ रुपैयाँबराबरको राजस्व छलीको अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यसैगरी नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेकै कसुरमा विभागले काठमाडौं महानगरपालिका ३२ स्थित बिग प्लान सप्लायर्स तथा बिग प्लान ब्‍याग उद्योग, भक्तपुरस्थित एपी ट्रेड एन्‍ड सप्लायर्स र बनेपास्थित सम्मानित ट्रेड कन्सर्नका सञ्चालक तथा मुख्य कारोबारी रामप्रसाद चौलागाईंलगायत तीन जनालाई २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँबराबर राजस्व छली गरेको आरोपमा मुद्दा दायर विभागले जनाएको छ ।