२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोपोन्मुख ३० राजीले घर पाउने

अ+ अ-

टीकापुर । कैलालीको भजनीमा लोपोन्मुख राजी समुदायका लागि घर निर्माण गरिने भएको छ । मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रम अन्तर्गत भजनीमा रहेका ३० परिवारले घर पाउने भएका हुन् ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७/७८को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत भजनी नगरपालिका–९ भुरुवा कैलालीको राजी बस्तीमा नमूना घर निर्माण गरिने नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए । ‘नगरपालिकाले अतिविपन्न परिवार छनोट कार्य शुरु गरेको छ । अति आवश्यक रहेकाको घर निर्माण हुने भएको छ’, उनले भने ।

घर निर्माण हुने भएपछि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीको नेतृत्वमा आएको टोलीले बस्तीको अनुगमनसमेत गरेकोे छ । अनुगमनपश्चात मन्त्री चौधरीले अतिविपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका परिवारको घर मुख्य प्राथमिकतामा राखेर निर्माण गरिने बताए । ‘बढी समस्या रहेका परिवारलाई प्राथमिकता दिन थालेका छौँ’, मन्त्री चौधरीले भने, ‘सबैले बस्ने घर पाउनुपर्छ भन्ने हो । राजीका लागि पक्की घर बनाइदिन थालेका हौँ ।’

विपन्न राजीका घर निर्माण गर्न मुख्यमन्त्री एकीकृत नमूना बस्ती निर्माण कार्यक्रमको अवधारणा प्रदेश सरकारले ल्याएको मन्त्री चौधरीले बताए। ‘नमूना बस्तीसँगै स्थानीयका मागका आधारमा उद्योग सञ्चालनमा ल्याउने सरकारको योजना छ’, कृषिमन्त्री चौधरीले भने, ‘स्थानीयस्तरमा रोजगारी सिर्जना गरी कामका लागि भारत तथा अन्य जिल्ला जानु नपरोस्, गाउँमै रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । हामी राजी बस्तीका नागरिकले माग गरे लगानी गर्न तयार छौँ ।’

भजनीमा राजी बस्तीमा दुईकोठे पक्की भवन र शौचालयसहितको घर निर्माण हुने भएको छ । घर निर्माण हुने भएपछि राजी समुदायमा खुशीयाली छाएको छ । राजी अगुवा डम्बर राजीले वर्षौँदेखि खरको छानामा बस्न बाध्य राजी परिवार पक्की घर पाउने खबरले हर्षित भएको बताए । ‘यसअघि पनि जनता आवास कार्यक्रमअन्तर्गत केही परिवारका घर निर्माण भएका छन् । यो कार्यक्रमले घर नभएकालाई समेट्ने भएको छ’, राजीले भने, ‘सरकारको यो कार्यबाट यहाँका नागरिकले घरको छानो पाउनेछन् । यसका साथै रोजगारीको वातावरणसमेत बनाइदिए राजीको जीविकामा सहजता आउनेछ ।’