थप १ हजार १२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

थप १ हजार १२० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो


१७ भाद्र २०७७, बुधबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन्।

यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन् । क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।

पछिल्लो २४ घण्टामा १ हजार ११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस