२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बार्सिलोना छाड्ने तयारीमा मेस्सी

अ+ अ-

काठमाडौं । फुटबल खेलाडी लिओनेल मेस्सीले बार्सिलोना छाड्ने तयारी गरेको बताइएको छ । आर्जेन्टीनाका फुटबल खेलाडी मेस्सीले आफ्नो सम्पूर्ण खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्।

उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेको उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताए। बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ।

तर मेस्सी चाहिँ कोरोनाभाइरस महामारीका कारण यो वर्ष खेल तालिकामा भएको फेरबदलले गर्दा सो प्रावधान पनि लम्बिने विश्वास गरेका छन्।

यो महिनाको सुरुमा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना क्लबले बायर्न म्युनिखसँग ८–२ को लज्जाजनक हार बेहोरेको थियो। क्लबको नेतृत्वसँग पनि मेस्सीको टकराव भएको थियो।

फुटबल च्याम्पियनहरूलाई प्रदान गरिने बालन डोुर उपाधि छ पटक जितेका मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन्। यो अवधिमा उनले क्लबलाई चारपटक च्याम्पियन्स लिगको विजेता बन्न मद्दत गरे।

बार्सिलोना क्लबका अनुसार अहिलेको करार बमोजिम मेस्सी सन् २०२१ को अत्यसम्म क्लबसँग अनुबन्धित छन् र उनलाई कसैले किन्ने हो भने ७० करोड युरोको ट्रान्सफर शुल्क बेहोर्नुपर्छ।

क्लबको बोर्डको बैठक छिट्टै बस्नेछ।

तर मेस्सी कुनै पनि हालतमा क्लब छाड्ने मनस्थितिमा रहेको देखिन्छ।

अब क्लब र खेलाडीबीच कानुनी लडाइँ हुनसक्छ। मेस्सीको करारमा उनले यदि जुन १० तारिखभन्दा पहिले जान चाहेको भए निशुल्क क्लबबाट बहिर्गमन गर्न सक्ने प्रावधान थियो।

त्यो मिति गुज्रिसक्यो। तर मेस्सी तथा उनको टोली ठान्छ कि लम्बिएको खेल सिजनका कारण सो मितिपनि लम्बिनुपर्छ।

मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा आर्जेन्टीनाको नीवेल्स ओल्ड बोइजबाट बार्सिलोना क्लब पुगेका थिए। त्यसयता उनले क्लबका निम्ति ७३१ खेलमा कीर्तिमान ६३४ गोल गरेका छन्।

क्लबका निम्ति उनले १० पटक ला लिगा उपाधि अनि चार पटक च्याम्पियन्स लिग उपाधिसहित ३४ वटा ठूला उपाधि जिताउन योगदान गरे। स्पेनको फुटबल प्रतियोगिता ला लिगामा सबभन्दा धेरै ४४४ गोल मेस्सीकै नाममा छ। बीबीसी

प्रतिक्रिया दिनुहोस