अफिमको कारोबार गर्ने दुई जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अफिमको कारोबार गर्ने दुई जना पक्राउ


८ भाद्र २०७७, सोमबार


काठमाडौं । प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा अफिम ओसारपसार गर्ने जाजरकोट घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा घर भई तारकेश्वर बस्ने १८ वर्षीय प्रमिला राउतलाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले तारकेश्वर नगरपालिका–४ शेषमति सानोपुल नजिक शङ्कास्पद रुपमा कालो झोला बोकेर हिँडिरहेको अवस्थामा विश्वकर्मा र राउतलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ गरेकासँग ६ किलोग्राम ५०० ग्राम अफिम बरामद गरेको छ । बरामद गरिएको अफिम पक्राउ परेका व्यक्तिले विभिन्न गाउँबाट रु एक लाख ५० हजार प्रति किलोग्राम ल्याउने र रु आठ लाखसम्म प्रति किलोग्राम बेच्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस