रौतहट । रौतहटमा गए राती मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ।
रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानी हत्या भएको हो।
प्रहरीका अनुसार बुधबार राति करीब ९ बजे खाना खाइरहेको अवस्थामा उनको कन्चटमा गोली हानेर हत्या गरिएको हो । घटनाको अनुसन्धान भइरहेको छ।
केही दिन अघि पनि रौतहटको गरुडा–८ मा १७ वर्षीय युवकको घाँटी रेटेर हत्या भएको थियो।