अछाम । अछाममा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
रामारोशन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीमा परी मृत्यु हुनको सङ्ख्या ६ पुगेको र अझै १७ जना बेपत्ता रहेका छन् ।
४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
बाढीले दर्जनौँ घर तथा पक्की पुलसमेत बगाएको छ । दर्जनौँ मानिस सम्पर्क विहीन भएको खबर आएको छ ।
घटनाको खबर पाएपछि घटनास्थलतर्फ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।