२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पाली महिलाका लागी प्रभावकारी बन्दै राष्ट्रपति हवाई उद्धार कार्यक्रम

अ+ अ-

डोल्पा ।­ हिमाली जिल्ला डोल्पामा गर्भवती तथा सुत्केरी महिला लक्षित राष्ट्रपति हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको छ ।

सुरक्षित सुत्केरी सेवा नपाएर अकालमै ज्यान गुमाउँदै आएका डोल्पाली महिलालाई अप्ठेरो परेको अवस्थामा निःशुल्क हेलिकप्टरबाट उद्धार हुन थालेपछि यो कार्यक्रम प्रभावकारी देखिएको हो ।

सडक यातायातको भरपर्दो पहुँच नभएको डोल्पामा आर्थिक वर्ष २०७६/७७ मा मात्रै प्रजनन स्वास्थ्यका कारण ज्यान जोखिममा परेका १२ गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । आव २०७५/७६ को तुलनामा २०७६/७७ मा सङ्ख्यात्मक हिसाबमा धेरै सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको उनको भनाइ छ ।

प्रजिअ सुनारले भने, ‘विकट जिल्लामा प्रजनन स्वास्थ्यका कारण ज्यान जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको लागि यो कार्यक्रम निकै नै प्रभावकारी देखिएको छ’, हेलिकप्टरबाट उद्धारपछि उपचार पाएर दुर्गमका धेरै महिलाको ज्यान जोगिएको छ ।’ पर्याप्त सेवा सुविधा नभएकै कारण जिल्लाका दूरदराजका स्वास्थ्यचौकीमा समेत सुरक्षित सुत्केरी गराउनसक्ने अवस्था छैन ।

यस कार्यक्रमका विषयमा यहाँका आम जनतालाई थाहा भएको उनको भनाइ छ । प्रजिअ सुनारले भने, ‘कतिपयले उद्धारका लागि सिधै प्रशासनमा फोन गर्छन्, भने नजिकका कतिपय सिधै आउने गर्दछन् । त्यसपछि मात्रै हामी उद्धारको प्रक्रिया अघि बडाउँछौँ ।’

जिल्लामा उपचार सम्भव नभएको अवस्थामा स्वास्थ संस्थाले गरेको सिफारिस (रिफर) का आधारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर उद्धारका लागि पहल गर्ने गरिएको प्रशासनले जनाएको छ । यस कार्यक्रममार्फत उच्च रक्तश्राव भएका, दुई-तीन दिनसम्म सुत्केरी बेथाले थलिएका, स्वाथ्यकर्मीले तोकेको म्याद नाघेर पनि सुत्केरी हुन नसकेकालगायतका प्रजनन स्वास्थ्य समस्याले ज्यानै जोखिममा परेका महिलाको उद्धार गर्ने गरिएको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले जानकारी दिए ।

उद्धार गरिएका सबै महिलालाई उपचारका लागि सुर्खेत, नेपालगञ्जलगायतका शहरमा लैजाने गरिएको उनको भनाइ छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएको डोल्पामा राष्ट्रपति हवाई उद्धार कार्यक्रम साँच्चीकै प्रभावकारी भएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । यदि कुनै महिला सुरक्षित सुत्केरी हुन नसकेर उपचारका लागि व्यक्तिगतरुपमा जिल्ला बाहिर लैजानु पर्दा लाखौँ रुपैयाँ खर्च हुने गरेको बुढाको भनाइ छ ।

कार्यक्रम लागू हुनुअघि वर्षेनी धेरै महिलाले प्रसूति बेथाका कारण अकालमै ज्यान गुमाउनु परेको थियो । खासगरी विपन्न महिलाका लागि यो कार्यक्रम बरदान साबित भएको बुढा बताए ।

बिरामीको जीवनसँग जोडिएको यस कार्यक्रमलाई स्वास्थ्य सेवा भरपर्दो नभएका अन्यत्र पनि विस्तार गर्न सकिने अध्यक्ष बुढाको सुझाव छ । कार्यक्रम लागू भएदेखि नै जिल्लामा उपचार सम्भव नभएका गर्भवती तथा सुत्केरीको निःशुल्क उद्धार भएर ज्यान जोगिएकाले यसलाई निरन्तर लागू गर्न डोल्पालीले माग गरेका छन् ।