गृहमन्त्रीको पछुवा गाडीले सिंहदरबार नजिकै स्कुटरलाई ठक्कर दिँदा दुई घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्रीको पछुवा गाडीले सिंहदरबार नजिकै स्कुटरलाई ठक्कर दिँदा दुई घाइते


प्रशासन संवाददाता

२ भाद्र २०७७, मंगलबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

मङ्गलवार बिहान ९ बजेतिर सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुई जना घाइते भएका हुन्

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार स्कुटर चालक नुवाकोटको कविलास गाउँपालिका– की २२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएका छन् । दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको बताइएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस